इटहरीः मोरङको रङ्गेली नगरपालिका–१ की ७६ वर्षीया कृष्णमाया बस्नेत घरनजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला परेकी छन् ।

बुधबार बिहान घरबाट निस्किएकी वृद्धाको खोजतलास गर्ने क्रममा घरदेखि करिव ५०० मिटरको दुरीमा रहेको माछा पोखरीमा मृत शव फेला परेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।