इटहरीः झापाको भद्रपुर नगरपालिका–७ का राजेन्द्र गिरीको घरमा चोरी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।

यही भदौ १ गते दिउँसो गिरीको घरमा चोरी भएको भन्ने सूचनाको आधारमा चोरीमा संग्लग्नहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका २ जनालाई बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका–१० का २२ वर्षीय रितिककुमार शर्मा र भद्रपुर नगरपालिका–७ का रोशन राजवंशी रहेका छन् ।

उनीहरुलाई चोरी भएका मोबाइल र सुनका विभिन्न किसिमका गरगहनासहित प्रहरीले पक्राउ गरेको हो । चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरील जनाएको छ ।