इटहरीः झापाको बिर्तामोड नगरपालिका–३ बाट प्रतिबन्धित लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ५ः३० बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले  बिर्तामोड–५ का १९ वर्षीय कालु दासलाई शंका लागी जाँच गर्दा निजको साथबाट १ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

प्रतिबन्धित ब्राउनसुगर बरामद भएसँगै दासलाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।