बिर्तामोडः झापाको अर्जुनधारा नगरपालिकाका ११ वटै वडाको माटो सङ्कलन गरी निःशुल्क परीक्षण गरिएको छ ।
माटोमा उत्पादन क्षमता कम हुँदै गएको हुँदा अन्नबाली उत्पादनमा ह्रास आउन थालेपछि शिविर मार्फत् नगरपालिकाले माटो परीक्षण गराएको हो ।
नगरको कृषि विकास शाखाको आयोजना र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गाको प्राविधिक सहयोगमा माटो परीक्षण गरिएको नगर प्रमुख हरि रानाले जानकारी दिए । ७१ जना किसानको जमीनको माटो प्राविधिक विशेषज्ञसहितको टोलीले परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा माटोमा अम्लीयपन नभएको र माटोको क्षारीयपन पाइएको माटोे विशेषज्ञ हरि भुजेलले बताए ।