टोकियोः नेकपा(एकीकृत समाजवादी)ले प्रवासमा आफ्नो सङ्गठनलाई विस्तार गर्दे लगेको छ । यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च जापानको भेला सम्पन्न भएको छ ।

नेकपा(एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य तथा प्रवास ईञ्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यमा जुम अनलाइनमार्फत् भएको जापानको भेलाले दोर्ण सिलवालको अध्यक्षमा २३ सदस्यीय राष्ट्रि«य संगठन कमिटी गठन गरेको हो ।

राष्ट्रिय कमिटीको तीन जना उपाध्यक्षहरुमा मञ्जु गिरी, तिलक दाहाल, हरि लामिछाने रहेका छन् । त्यस्तै सचिव टक्कर कुवँर, उपसचिव सचिन नेम्वाङ र कोषाध्यक्ष श्रीकृष्ण अर्याल चयन भएका छन् ।

त्यसैगरी भेलाले माधव आचार्य, एसपी कपिल, भुवन घिमिरे, बिष्णु थपलिया, डिल्ली पौडेल, बिनोद दाहाल, बिश्वास न्यौपाने, निर्प कुवर, शिक्षा सत्याल, रत्ना कुवँर, सुमित रोकाया, दिनेश खनाल, रेयन भट्टराई, कृष्ण धमला, नकुल तिमिल्सिना, प्रल्हाद अधिकारी, जनकराज मंडेल, तुलराज पाण्डेलाई सदस्यको जिम्मेवारी दिएको छ । कमिटीको सल्लाहकारमा राजेन्द्र भट्टराई, दीनेशराज ज्ञवाली, राजु कार्की ,सागरमणि भण्डारी, भोजराम भण्डारी, प्रकाश महरालाई सदस्यमा चयन गरेको छ ।

कमिटीका अध्यक्ष सागर रिजालको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दे प्रमुख अतिथि शाहले वर्तमान राजनैतिक परिस्थितिको बारेमा र समाजवादी आन्दोलनमा प्रवासी संगठनको भूमिका तथा दायित्वबारे प्रकाश पार्दे सपथ गराएका थिए ।