इटहरीः झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा धरान उप–महानगरपालिका–१५ का ३२ वर्षीय निश्चल बुढाथोकीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो भने प्रहरी चौकी कुशेचौरी मोरङबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका पथरीशनिश्चरे–९ का २८ वर्षीय मिलन भण्डारी र २० वर्षीय अभिषेक लिम्बूको साथबाट ६०० मिलिग्राम ब्राउनसुगर र ट्रामाडोल ४८ चक्की, स्पाईसपेन ८५ चक्कीसहित पक्राउ गरेको हो । 

यसैगरी, झापाको मेचीनगर नगरपालिका –६ मा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका धरान–१६ सुनसरीका ३७ वर्षीय युसुफ सुब्वा र  २७ वर्षीय  थोमस राईलाई १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।