इटहरीः डेङ्गीका बिरामी बढ्न थालेपछि इटहरी उपमहानगरले डेङ्गी नियन्त्रणमा सचेतना र अभियान आज सोमबारबाट सुरु गर्ने भएको छ ।
उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलको सचिवालयले डेङ्गी नियन्त्रणको लागि सुरु हुने अभियानमा सघाउन नगरवासीमा अनुरोध गरेका छन् । शनिबार मात्र इटहरीकी साहित्यकार राधा रमाको डेङ्गीका कारण मृत्यु भएको थियो भने अस्पतालमा पनि डेङ्गीका बिरामी बढ्न थालेपछि सचेतना अभियान उपमहानगरले सुरु गर्न लागेको हो ।
आइतबार मात्र इटहरी उपमहानगरले डेङ्गी रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी इटहरी नगरस्तरीय सरोकारवालाहरुसँग बैठक तथा छलफल गरेको थियो । सोमबारबाट वडास्तरीय अभिमुखिकरण तथा सचेतना कार्यक्रम गरिने भएको छ भने नगरप्रमुख हेमकर्ण पोडेलले डेङ्गी रोकथाम तथा नियन्त्रण अभियानमा सघाउन समस्त नगरवासीमा अनुरोधसमेत गरेका छन् ।