इटहरीः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोजेको भन्दै प्रहरीले जनकपुरधाममा ११ जना नागरिकताविहीन  युवाहरूलाई पक्राउ गरेको छ ।

विमानस्थलबाट कार्यक्रमस्थलतर्फ जाने बाटोमा कालो झन्डा बोकेर बसेका नागरिकताविहीन युवाहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । नियन्त्रणमा लिइएकाहरुको पहिचान प्रहरीले गोप्य राखेको छ । संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएकोमा राष्ट्रपति कार्यालयले विधेयक पारित गर्न आनाकानी गरिरहेको छ । प्रमुख प्रतिपक्षी द ल एमाले पनि विधेयकको विरोधमा रहेकाले नागरिकताविहीन युवाहरुले ओलीलाई कालो झन्डा देखाउने प्रयास गरेका हुन् । 

ओलीले आज जनकपुरको तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न ओली त्यसतर्फ गएका हुन् ।