तेह्रथुमः नेपाल पत्रकार महासङ्घ तेह्रथुम शाखाले पत्रकारलाई आइपर्ने विपत्तिको घडीमा सहयोग पु¥याउन ‘पत्रकार कल्याण कोष–२०७५’ शुभारम्भ गरेको छ ।
पत्रकारिता पेशामा रहेका पत्रकारलाई आइपर्ने विपत्तिको सामना गर्न सहयोग पु¥याउन कोष स्थापना गरिएको महासङ्घका अध्यक्ष नरेश ढुङ्गानाले बताए । शाखाको ११ औँ साधारणसभाको अवसरमा बिहीबार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुली र म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले कोष स्थापनाको घोषणा गरेका हुन् ।
कोषका लागि २ लाख रुपैयाँ सङ्कलन भएको ढुङ्गानाले बताए ।