इटहरीः मेची राजमार्गको पाँचथर खण्डमा पहिरो जाँदा आवागमन प्रभावित भएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका २ काबेलीस्थित मेची राजमार्गमा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

पहिरो हटाइ सडक खुलाउने प्रयास भइरहेको कार्यालयको भनाइ छ ।