इटहरीः नेपाल प्रहरीको साइबर ब्युरोले भारतबाट जोगीको भेषमा वा माग्नेको भेषमा बच्चा चोरी गर्ने भन्ने बजारमा फैलिएको हल्ला अफवाह मात्र भएको बताएको छ ।

सोमबार एक सार्वजनिक सूचना जारी गर्दे नेपाल प्रहरीको साइबर व्युरो भोटाहिटीले सामाजिक सञ्जालमा फैलाइएको भ्रामक प्रचारप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारतबाट जोजी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरु नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरुको चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका विभिन्न अंगहरु झिकी बिक्री गर्ने गरेको भन्ने सामाजिक सञ्जालमा फैलाइएको प्रचार भ्रामक रहेको नेपाल प्रहरीका उपनिर्देशक पशुपति कुमार रायले बताएका छन् ।

नेपाल प्रहरीको कुनै पनि कार्यालयमा त्यससम्बन्धी कुनै पनि उजुरी नपरेकोले यस्तो भ्रामक प्रचारमा विश्वास नगर्न सम्पूर्ण नागरिकलाई अपिल गरिएको छ । यदी कुनै पनि अपराधसम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन र सामाजिक सञ्जालमा भ्रामक सूचना प्रचार गर्ने जो कोहीलाई पनि प्रचलित कानूनबमोजिम कारबाही गरिने नेपाल प्रहरीले बताएको छ ।

notice