काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा धुवाँ देखिएपछि आपतकालीन अवतरण गरिएको छ ।

गएराति  ११ बजे  उडेको जहाज उडान भरेको आधा घण्टामै फर्किएको हो । जहाजमा १८४ यात्रु सवार थिए । जहाजमा सवार यात्रुलाई  सिनामंगलमा रहेको एयरपोर्ट होटलमा राखिएको विमानस्थल प्रशासनले जनाएको छ ।