इटहरीः बर्खाको समयमा इटहरी क्षेत्रमा हुने बुढी खोलाको कटान रोक्न जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयसँगको सहयोगमा नदीमा तटबन्ध गरिएको छ ।
वडा नम्बर ३ का अध्यक्ष बालकृष्ण बिष्टका अनुसार ३ करोड रुपैयाँको लागतमा नदी नियन्त्रणको काम पूरा भएको होे । विशेष गरी वडा नम्बर ३ को शान्तिनगरी क्षेत्रको बस्ती बढी कटान हुने गरेको बिष्टले बताए ।
पर्यटकीय स्थल तालतलैया जाने सडकमा ६० लाखको लागतमा ढल निर्माणसहित १ किलोमिटर कालोपत्रे गरिएको पनि बिष्टले बताए । त्यस्तै, युकी चाउचाउ क्षेत्रमा पर्ने ५ सय मिटर सडक ४० लाखको लागतमा निर्माण गरिएको उनले जनाए ।