बिर्तामोडः झापाको भद्रपुर जेसिजको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । सो भवन निर्माणका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रु १० लाख, भद्रपुर नगरपालिका र पूर्वजेसिज अध्यक्षहरूसहितका दाताबाट २२ लाख १३ हजार ६ सय ४८ रुपैयाँ प्राप्त भएको बताइएको छ ।

जेसिजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले भवनको उद्घाटन गरेका हुन् ।