भोजपुरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री बनेपछि पहिलोपटक सप्तकोशीको जेटबोटमा आज बिहान यात्रा गरे । आफ्नो चुनावी क्षेत्र दक्षिणी भोजपुरको हतुवागढी–९ हसनपुरको जनसेवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा जाँदा राईले जेट बोट चढेका थिए ।
सुनसरीको चतरादेखि भोजपुरको हलेदेसम्म जेटबोट चढेका राई उत्साहित देखिए । २० मिनेटको उत्साहित जलयात्रा सकेर प्रदेश पोर्टलसँग बोल्दै मुख्यमन्त्रीले प्रदेश सरकारले जल यातायातका क्षेत्रमा काम गर्ने बताए ।
उनले भने, ‘अहिलेको छोटो दुरीको जलयात्रालाई हामी सङ्खुवासभाको तुम्लिङटारसम्म लान अध्ययन गरी डिपिआर बनाउने छाँै ।’ प्रदेश ३ सरकारसँगको समन्वयमा दोलालघाट सम्मको जेटबोट यात्रा गर्ने बारेमा पनि छलफल चलाउने मुख्यमन्त्री राईले बताए ।