इलामः सञ्चारकर्मी रीता राराहाङ राईको ‘वान्तवा राई शब्दसङ्ग्रह’ इलाममा सार्वजनिक गरिएको छ । सो शब्द सङ्ग्रहमा बोलीचालीका क्रममा प्रयोग हुने शब्दलाई समेटिएको उनले बताइन् ।
इलामको माइमझुवा घर भएकी उनी वान्तवा भाषामा रेडियो कान्तिपुरमा समाचार वाचन गर्छिन् । इन्डिजिनियस टेलिभिजनमा बान्तवा भाषाको भलाकुसारी पनि चलाउने उनले बोलीचालीका क्रममा प्रयोग गरिने शब्द लोप हुने क्रममा रहेकाले शब्दकोशमार्फत् जीवित बनाउन लागिएको बताइन् ।
भाषाकै बारेमा अर्काे पुस्तकसमेत लेख्ने उनले बताएकी छिन् । मातृभाषालाई व्यवहारिक भाषाका रूपमा झल्काउनका लागि शब्दकोश लोखिएको उनले बताइन् ।