इनरुवाः बढ्दो आत्महत्याको ट्रेण्डले समाजमा बढाउँदै लगेका चिन्ता न्यूनिकरणका लागि प्रहरीले सुनसरीमा आत्महत्या रोकथाम अभियान सुरु गरेको छ ।

सदरमुकाम इनरुवाबाट आइतवार बृहद ¥याली र अन्र्तक्रियासहित सुरु गरेको अभियान अन्र्तगत आत्महत्याको निर्णय अघिको अवस्था र त्यसको रोकथामको उपायको विषयमा सचेतना अभियान चलाईने छ ।

प्रहरीका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिने अवधिमा मात्रै सुनसरीमा २२ जनाले आत्महत्या गरेका छन । यो दर अघिल्लो आर्थिक वर्षको दुई महिनाको अवधीको भन्दा धेरै हो ।

प्रहरीका अनुसार जिल्लाको आत्महत्या दर अघिल्ला वर्षको तुलनामा बढ्दो क्रममा छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार गत आ.व.मा २ सय १२ जनाले आत्महत्या गरेका छन ।

जसमा पुरुषको संख्या १ सय २९ रहेको छ भने महिलाको संख्या ६९ रहेको छ । आत्महत्या गर्नेमा बालक ८ र बालिकाको संख्या ६ रहेको छ ।

प्रहरीका अनुसार जिल्लामा झुण्डिएर आत्महत्या गर्नेको संख्या ज्यादा छ । प्रहरीका अनुसार अघिल्ला वर्षको अनुपातमा बढ्दो क्रममा रहेको आत्महत्या दरलाई रोक्नु अपरिहार्य भैसकेको छ । जसकालागि सुनसरी प्रहरीले सचेतना सँगै सहकार्यको खाँचोे औंल्याएको छ ।

आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना कार्यक्रम अन्र्तगत सुनसरी प्रहरीले इनरुवामा आयोजना गरेको आत्महत्या न्यूनिकरण विषयक सचेतना कार्यक्रममा प्रहरी प्रमुख प्रभु ढकालले सो धारणा राखेका हुन ।

कार्यक्रममा उनले बालबालिकाको वृद्धिविकास सँगै उनीहरुका गतिविधि उपर अभिभावकको सूक्ष्म निगरानी आवश्यक भएको बताए । बालबालिकाको हकमा कुलत, सामाजिक सञ्जालको दुरुपयोग सँगै उनीहरुका अन्य गतिविधि नियाली उचित परामर्श प्रदान गर्नु पर्नेमा ढकालले जोड दिए ।

परिवारका सदस्यमा नैराश्यता देखापरे कारण पत्ता लगाई सोको निराकरणमा ध्यान दिन सके आत्महत्या रोकथाम गर्न सकिने बताएका प्रहरी प्रमुख ढकालले मानिसलाई अमूल्य जीवन जिउन उत्प्रेरित गरिनु आवश्यक भएको बताए । कार्यक्रममा उनले नेपाल प्रहरी कार्ययोजना २०७९ अन्तर्गत आत्महत्या न्यूनिकरण कार्यक्रमको अवधारणा र आवश्यकतामाथि धारणा राखेका थिए ।

उक्त कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, इनरुवा नगरपालिकाकी उपप्रमुख बिनितादेवी मेहता, स्वास्थ्य प्रमुख सागर प्रसाई, जिल्ला अस्पतालका डाक्टर देबराज घिमिरे,सशस्त्र प्रहरी उपरीक्षक बिक्रम होमागाई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम पूर्व विद्यार्थी, अभिभावक, सुरक्षाकर्मी र सरोकारवाला सहितको ¥याली निकालिएको थियो । सचेतना फैलाउन आयोजित ¥यालीसहितको कार्यक्रमले जिल्लामा आत्महत्या रोकथाममा मद्दत पु¥याउने विश्वास लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता राजकुमार राईले बताए ।

यसैबीच प्रदेश १ मा आत्महत्या रोकथाम विशेष अभियान सुरु भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आत्महत्या रोकथाम एवं नियन्त्रणको लागि विशेष अभियान सुरु गरेका हुन् ।

प्रदेश १ का डिआइजी सुदीप गिरीका अनुसार गतवर्ष प्रदेश १ मा १ हजार ४८९ जनाले आत्महत्या गरेका थिए । यो सात वटै प्रदेशको तुलनामा धेरै हो ।

प्रहरीका अनुसार प्रदेश १ मा आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७४–०७५ मा प्रदेशमा एक हजार एक सय २० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७५–७६ मा एक हजार २ सय ३४, २०७६–७७ मा एक हजार ३४४ जनाले आत्महत्या गरे ।

गत आर्थिक वर्ष २०७८–०७९ मा एक हजार ४८९ जनाले आत्महत्या गरेका थिए । पछिल्लो पाँच वर्षमा आर्थिक वर्ष २०७७–०७८ मा सबैभन्दा बढी एक हजार पाँच सय १६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । पछिल्लो पाँच वर्षमा प्रदेश १ मा मात्रै ६ हजार ७०३ जनाले आत्महत्या गरेका छन् ।