गाईघाटः पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अल्लोको कपडाले बिस्तारै बजार पाउन थालेको व्यवसायीको भनाइ छ ।

अल्लोको कपडाले अहिले विभिन्न महोत्सवमा बजार पाउन थालेको व्यवसायी तथा उद्यमी बताउँछन् । उदयपुरको सदरमुकाम गाईघाटस्थित थरूहट रङ्गशालामा गत मङ्सिर २० देखि मङ्सिर २९ गतेसम्म सञ्चालन भएको प्रदेश नं. १ स्तरीय घरेलु महोत्सवमा अल्लोको कपडाले निकै बजार पाएको अल्लो व्यवसायीले बताए ।

केही वर्षअघिसम्म अल्लोको महत्व नबुझेर आधुनिक तयारी कपडाका कारण कमै मात्रै कपडा बिक्री हुने गरे पनि अहिले भने राम्रो बजार पाउन थालेको उद्यमी तथा व्यापारी बताउँछन् । पछिल्लो समयमा भइरहेका महोत्सवका कारणले पनि अल्लोको बजार बिस्तार हुँदै गएको व्यवसायी बताउँछन् ।

अल्लोको कपडाको विभिन्न पहिरनका साथै झोला तथा जुत्ता चप्पल पनि बन्ने गरेका छन् ।

alloo