धरानः चन्द्र कुमारी प्रधान स्मृति प्रतिष्ठान धरानले छात्रवृत्ति वितरण, सहयोग, पुरस्कार र सम्मान कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
सिद्धि नेवाः परिषद्को सभाहलमा सम्पन्न कार्यक्रममा धरान १ निवासी महेश प्रधान र अञ्जु प्रधानले आमा बावुको स्मृतिमा उक्त कार्यकम सम्पन्न गरेको हो।
पब्लिक हाइस्कूल धरान १२ का कक्षा ११ मा अध्ययनरत छात्र सुजन सिवा र छात्रा कृएता श्रेष्ठ तथा ज्ञानोदय मावि धरान ११ का छात्र माइकल राई र छात्रा अर्पिता श्रेष्ठ लाई जनही रु ५,५०० का दरले छात्रवृत्ति प्रदान गरेको हो । त्यस्तै धरान १ स्थित श्री सरस्वती आधारभूत विद्यालयलाई १ थान साउण्ड सिस्टम र ङाग्पूर डोल्मा छ्योलिङ गुम्बालाई भवन निर्माण गर्न रु.१५५०० र कारपेट प्रदान गरिएको थियो ।
कार्यक्रममा मिडियाकर्मी बिनय प्रधानलाई रु. ५५०० सहित टंक बहादुर प्रधान पत्रकारिता पुरस्कारले पुरस्कृत गरियो । धरानको स्वास्थय र सामाजिक क्षेत्रमा योगदान गर्नुहुने प्राडा बिक्रम प्रसाद श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो।
प्रमुख अतिथि महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख तथा धरानमा पूर्व मेयर एवं गण्डकी अञ्चल पूर्व प्रशासक कुमार बहादुर कार्कीले आमाको स्मृतिका छोरा बुहारीले गरेको कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो। साथै नेपाल आमाको संरक्षणका निम्ति पनि नेपालीहरू वेलैमा जाग्नु र लाग्नु पर्ने समय आएको कार्कीले बताउनु भयो । हरुले अतिथिहरुमा सिद्ध नेवाः परिषद्का अध्यक्ष गोकुल प्रसाद श्रेष्ठ, सास्वती आधारभूत विद्यालय व्यवस्थापन समिति का अध्यक्ष श्याम कुमार श्रेष्ठ र ङाग्पूर डोल्मा छ्योलिङ गुम्बा का अध्यक्ष तेन्जिन डोल्मा रहनु भएको थियो।
कार्यकममा स्वागत मन्तव्य प्रतिष्ठानका सल्लाहकार विरेन्द्र सिंह थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव मोहन श्रेष्ठले गरेका थिए ।
आमा बावुको नाममा समाजका लागि गरेको यस किसिमको सहयोग सबैले उदाहरणको रुपमा लिनुपर्ने पुरस्कृत मिडियाकर्मी बिनय प्रधान र सम्मानित व्यक्तित्व प्रा।डा। विक्रम प्रसाद श्रेष्ठ तथा अतिथि एवं सहभागीहरुको धारणा व्यक्त गरेका थिए।