बिर्तामोड: वीरता जेसिजको ३८ औँ साधारणसभाका अवसरमा पत्रकार र जेसिजकर्मी सम्मानित भएका छन् ।

झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा मदन ढकाल स्मृति वीरता जेसिज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट लक्ष्मी काफ्ले सम्मानित भएका हुन् ।

त्यस्तै दिलकुमार स्मृति वीरता जेसिज सक्रिय पूर्वअध्यक्ष पुरस्कार संस्थाका पूर्वअध्यक्ष विनोद बस्नेतलाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही १५ हजार ५ सय रुपैयाँ रहेको छ ।