धरानः चलचित्र ‘हिजो आजका कुरा’ असोज २८ गतेदेखि प्रर्दशनमा आउने भएको छ ।

नेपाली कथानक चलचित्र ‘हिजोआजको कुरा’ असोज २८ देखि प्रर्दशनमा आउने निर्माण पक्षले जनाएको छ । 

चलचित्र हिजोआजका कुराको टिम चलचित्र प्रचारप्रसारका क्रममा धरानमा पत्रकारहरुसँग भेटघाट गर्दै असोज २८ देखि प्रदर्शन आउने जनाएको छ । 

साकार पन्तद्धारा निर्देशित चलचित्र पन्त प्रोडक्सनको ब्यानरमा सन्तोष पन्त र साकार पन्तले निर्माण गरेका हुन् । चलचित्रमा पनि समाजको दैनिकीलाई प्रस्तुत गरिएको निर्देशक साकार पन्तले जानकारी दिए । 

308569527_501439688022945_8174773515687694257_n

उनले चलचित्रमा हाँसो, रोदनसंगै तीन पुस्ताको कथा भएको बताए । चलचित्र २ करोड लगानीमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा केकी अधिकारी,  रिमा विश्वकर्मा , जेबिका कार्की, सन्तोष पन्त, साकार पन्त,  रमा थपलिया, रिचा शर्मा, दिव्यदेव पन्त, जयनन्द लामा, रमेश अधिकरी, बिनायक कुईकेल, अनुस्का अधिकारी, निरञ्जन प्रसाद अर्याल, लक्ष्मी भुसाल, सबिन शाक्य, मञ्जु श्रेष्ठ, सैलेजा पाण्डे, कमल रेग्मीलगायतको अभिनय रहेको छ ।