इटहरीः इनरुवा नगरपालिकाको वडा नम्बर ६ मधेशामा रहेको जनहित आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । 

बालबालिकालाई विद्यालय जान आकर्षित बनाउन व्याग वितरण गरिएको  नेपाल ग्रामिण विकास समाज केन्द्र विराटनगरका अध्यक्ष मनि अर्यालले जानकारी दिए । 

नेपाल ग्रामिण विकास समाज केन्द्र एनआरडिएससिले बिहिबार एक कार्यक्रमका विच बालबालिकाका लागि व्याग सहित शैक्षिक सामाग्री वितरण गरेको हो । 

306374324_5857648397633376_7437062543336987347_n

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीको उपस्थितीमा विद्यालयका १ सय ९५ जना बालबालिकालाई झोलाको साथमा कापी र पेन्सिल पनि वितरण गरिएको ग्रामिण विकास समाजकेन्द्रले जानकारी दिएको छ । 

२०५० साल कार्तिकमा दर्ता भएको संस्था संस्थाले  सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । जसमा  महिला सचेतना , जनचेतना र जेष्ठनागरिकका क्षेत्रमा काम गरिहेको जनाएको छ । 

। 

संस्थाले निकट भविश्यमा जेष्ठ नागरिकको लािग फिजियोथेरापि गर्ने योजना गरेको संस्थाका अध्यक्ष  मनि अर्यालले बताए । 

शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक बोधराज घिमिरे लगायत शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।