धरानः धरानको बराह बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि बनेको बराह पिडित संघर्ष समितिको नयाँ कार्यसमिति बनेको छ । 

पिडितहरुको मंगलबार बसेको भेलाले संयोजकको भुमिकामा रहेका र अहिले प्रहरी हिरासतमा रहेका खगेन्द्र नेपालीलाई सल्लाहकारमा समेटेको छ भने प्रवक्ताको भुमिकामा रहेका प्रदिप बास्तोलालाई पनि सल्लाहकारमा समेटेको छ । 

संघर्ष समितिको नयाँ कार्यसमितिको संयोजकमा श्याम प्रसाद ढकाललाई अघि ल्याइएको छ भने सह संयोजकमा कमल राई, सचिवमा सारदा खड्का सह सचिवमा लक्ष्मी तामाङ र प्रवक्तामा रामबहादुर परियारलाई चयन गरिएको छ । बराह पिडित संघर्ष समितिले कानुनी सल्लाहकारमा सुनिल  ढकाल र उमेश तामाङलाई चयन गरेको छ । 

संघर्ष समितिको बिभागीय प्रमुखहरुमा अर्थ व्यवस्थापनमा शंकर थापा गाउँले, प्रोपर्टी सेल बिभागमा रोशन रेग्मी र सञ्चार बिभागमा पुकार शाक्यलाई राखेको छ भने स्यंमसेवकमा सुशान्त राज खनाललाई चयन गरिएको छ । संघर्ष समितिले धरान उपमहानगरका २० वटै वडाको लागि वडा प्रतिनिधि संयोजक चयन गरेको छ भने धरान बाहिर हेर्नका लागि एक जना संयोजक चयन गरेको छ ।