इटहरीः मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली भई चिसो बढेको छ ।
सो चक्रवात उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालको पूर्वी र मध्य क्षेत्रमा आज र भोलि सामान्यदेखि पूर्ण बदली हुने र केही भागमा हल्का वर्षासमेत हुने सम्भावना रहेको बताइएको छ । उच्च हिमाली भू–भागमा हल्का वा मध्यमखालको हिमपात हुने सम्भावना रहेको बताइएको छ ।
सो चक्रवातका कारण आज पूर्वका अधिकांश भागमा बदली हुनुका साथै चिसो बढेको छ ।