बेलवारीः हरेक जनताको चाहना आफ्नो गाउँमा चाहेको योजना आओस भन्ने नै हुन्छ । जनताको तीव्र चाहना भएको योजना गाउँमा पुर्याउँदा कुन जनता हर्षित नहोलान ? बेलावारी– ६ का जनताले आज मेयर ज्ञानेन्द्र सुवेदीलाइ ६ ओटै मालाले सम्मान गरेका छन् । ६ नम्बर वडामा सेवा केन्द्र पुर्याएकाे भन्दै स्थानियले सयपत्रीकाे ६ अाेटामाला पहिर्याइ दिएका हुन् । 

कार्यक्रम थियो शहरी स्वास्थ्य केन्द्रको उद्घाटन । कार्यक्रमकाे प्रमुख अतिथि बनेर नगरपालिकाको तल्लो भेग पुगेका मेयर सुवेदीलाइ स्थानियले माल्यार्पण गरेर खुसि व्यक्त गरे । अरु बेला सामान्य स्वास्थ्य सेवा लिन पनि कर्सेनी पुग्नुपर्ने बाध्यता हटेकोप्रति गाउँका जनता हर्षित बनेका हुन । आफुलाइ नगरमा अन्य वडा भन्दा दुर्गम गाउँमा रहेको बताउँने स्थानियले सरकारी सेवा संघारमा आएकोमा हर्षित भएका हुन् ।

२ कोठे शहरी स्वास्थ्य केन्द्रको उद्घाटन मेयर सुवेदीले गरेका छन् । उनलेविकासमा पछि परेको ठाउँलाइ अघि बढाउन कुनै कसर बाँकि नराख्ने बताए । ‘पछि परेको ठाउँको विकासका लागि म गम्भिर छु’, उनले भने– ‘अब नगरको हरेक ठाउँमा समानुपातीक रुपले विकास हुन्छ ।’

१० धुर जग्गामा बनेको उक्त केन्द्रका लागि स्थानिय कृष्णकुमार राईले जग्गा दिएका हुन । उनलाइ कार्यक्रममा मेयर सुवेदीले सम्मान पनि गरे । केन्द्रका अध्यक्ष आजमी कुमार राईले खोप केन्द्रलाई शहरी स्वास्स्थ्य केन्द्रको रुपमा रुपान्तरण गरिदिएकोमा नगरप्रमुख र उपप्रमुखप्रति कृतज्ञता व्यक्त गरे ।

उपमेयर ढाकाकुमारी पराजुलीले स्वास्थ्य मानिसको सबैभन्दा ठुलो सम्पती रहेको भन्दै यस केन्द्रले सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने बताइन ।

केन्द्र निर्माणका लागि करिब ७ लाख लागेकाे बताइएकाे छ ।