धरानः हिन्दु धर्माालम्बीहरुको पर्व तिहार नजिकिए पनि स्थानीय स्तरका रैथाने सयपत्री फूल नफूल्दा आयात बृद्धि भएको छ भने तिहार पनि महंंगिने भएको छ ।
यस बर्ष तिहार निकै अघि भएकाले फूल नफूल्दा आयातमा बृिद्ध भएको हो । १ नं. प्रदेशका पुर्वीपहाडी जिल्लाहरुमा रैथाने फूल उत्पादन हुने गर्दछ । रैथाने फूल नफूल्दा आयातमा बृद्धिसँगै मूल्य पनि बृद्धि भएको छ । धनकुटाका कृषक तथा व्यवसायी प्रेम भट्टराई रेथाने २० प्रतिशत फूल मात्रै फुलेको बताउँछन् । उनी भन्छन्, ‘तिहार अघि भयो । फूल २० प्रतिशत मात्रै फुलेको छ ।’ उनी फूल नफूल्दा कृषकहरुको बारीमै फूल महंगो भएको बताउँछन् । उनी भन्छन्, ‘गत वर्ष फूलको मुल्य २० देखि ५० रपैयाँ मुठा थियो । अहिले ८० रुपैयाँ माथि पर्ने अवस्था छ ।’
धरानका व्यापारी टिकाराम श्रेष्ठले धरानमा पनि स्थानीय फूल नफुलेको बताउँछन् । उनी भन्छन्, ‘पानवारी, साउनेलगायतका प्राय ठाउँमा फूल फुलेको छैन ।’ उनी भन्छन्, ‘म विभिन्न जिल्ला घुमे विगतका वर्षहरुमा १५ गाडी हुने ठाउँमा अहिले २० मुठा पनि फूल छैन ।’
फूल समयमा नफुल्दा आयातमा बृद्धि भयो र मूल्य पनि बृद्धि भएको छ । श्रेष्ठ भन्छन्, ‘पोहोर ३० देखि ४० रुपैया मुठा किनेको फूल अहिले ६० रुपैयाँमा किन्नु परेको छ ।’ उनी फूल मुठाको ८० रुपैयाँसम्म पुग्ने अनुमान रहेको बताउँछन् ।
तिहार अलिक अगाडि भएकाले स्थानीय फूल नफुल्दा आयातमा बृद्धि भएको कृषि उपज बजार धरानका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । उनी भन्छन्, ‘तिहार अघि भएकाले स्थानीय फूल फुलेको छैन । स्थानीय फूल नफूल्दा आयातमा बृद्धि भयो ।’ उनका अनुसार कृषि उपज बजार धरानमा कोल्डस्टोरमा मात्रै तिहारका लागि १ लाख २५ हजार माला भारत कोलबत्ताबाट आयात गरिएको छ ।
व्यापारीहरुलाई उदृत गर्दै थप ६० हजार माला आउने क्रममा रहेको उनी बताउँछन् । व्यवस्थापक भट्टराईकाअनुसार गत वर्ष कृषि उपज बजार धरानदेखि ३ लाख २५ हजार माला विक्रि भएको थियो भने १ करोड ६२ लाखको कारोबार भएको थियो । यो वर्ष धरानमा ३ लाख ५० हजार माला विक्रि हुने अनुमान छ भने कुल १ करोड ५० लाख बराबरको कारोबार हुने अनुमान छ ।
शान्ती कोल्डस्टोर प्राली दमकका सञ्चालक खेम काफ्ले भारतीय फूल आयात तेब्बरले बृद्धि भएको बताउँछन् । उनी विगतका वर्षहरुमा आफ्नो कोल्डस्टोरमा १० हजार केजी भारतीय फूल भण्डारण गर्ने गरेकोमा अहिले ३० हजार केजी फूल भण्डारणका लागि आएको बताउँछन् ।
उनी भन्छन्, ‘भाारतीय फूलको आयत तेब्बरले बृद्धि भएको छ ।’ उनी इलाम, मंगलबारेदेखि आउते स्थानीय फूल घटेको बताउँछन् । उनी भन्छन्, ‘ विगतमा ५ हजार केजी स्थानीय फूल भण्डारणका लागि आउथ्यो । अहिले आएको छैन ।’ राम जानकी कोल्डस्टोर बिराटनगरका सञ्चालक पुरुषोत्तम धमला पनि माला आयातमा बृद्धि भएको बताउँछन् । उनी स्थानीय भन्दा भारतीय फूल कोल्डस्टोरमा भण्डारणका लागि आएको ल्याएको बताउँछन् ।
स्थानीय सयपत्री फूल उत्पादन पर्याप्त नहूदा भारतिय फूलले बजार लिने गरेको छ । नेपालमा स्थानीय सयपत्री फूलको ब्यवसायिक उत्पादन कम हूनू, बेमौसमी झरीले बेर्ना बिगार्नूलगायतका कारणले पनि स्थानिय फूल कम उत्पादन हूने गरेको व्यवसायी श्रेष्ठको बुझाई छ ।
भारतीय फूल आयातमा बढ्नुमा उपभोक्ता सौखिन हूदै जानू, राज्यले फूलखेतीलाई प्राथमिकता नदिनुलगायतका कारणरहेको व्यवस्थापक भट्टराई बबताउँछन् । उनी भन्छन्, ‘घर, गोदाम, पसल,गाडी, झ्याल, ढोका र अन्य पूजाका कार्यमा भारतीय फूलको प्रोयग हुने गरेको छ ।