गाईघाटः बेलका–४ का ६६ वर्षीय डम्बरबहादुर तामाङले बेलका नगरपालिकाको वडा नम्बर ४ को वडा कार्यालयको नयाँ भवन निर्माणका लागि रु ३० लाख मूल्य बराबरको डेढ कट्ठा जग्गा दान गरेका छन् ।
सुनसरी–चतरा–गाईघाट–कटारी, सिन्धुली–हेटाँैडा हुँदै काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गको मुखैमा रहेको जग्गा तामाङले वडा कार्यालयलाई प्रदान गरेका हुन् । सो जग्गा वडाको नाममा आइसकेको वडाध्यक्ष दीपक दङ्गालले बताए ।
भूपू बेलायती गोर्खा सेना तामाङले यसअघि वडा नम्बर ४ को गुरुङचौरीमा रहेको रु ४० लाख बराबरको ४ कट्ठा जग्गा विद्यालय भवन निर्माणका लागि दान गरेका थिए ।