राजन भट्टराई

रामधुनीः तिहार पर्व सकिए संगै सुनसरीको झुम्का लगायतमा स्थनहरुमा छठको रौनक सुरु भएको छ  ।

बिहीबार भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार सप्तरङ्गी टीका लगाइ मिस्टान्न भोजन गराउने चलन छ । यस्तै, दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर केही विशेष उपहार सहित नगद दिने प्रचलन छ ।

यसपालिको झिलिमिली पर्व तिहारमा फलफूल र फूलमालाको आयात भने बढेको छ । साढे चार लाख फूलमाला भारतबाट आयात भयो भने साढे २४ लाखभन्दा धेरै फूलमालाको कारोबार भएको  छ । यस्तै, तिहारका लागि मात्रै भनेर झण्डै ७५ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको अनुमान गरिएको छ ।

313220678_1772637566467110_8186549717044131983_n

यसैबीच, तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको हो । विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । अहिले सुनसरिको झुम्कालगायत तराई–मधेसका प्रमुख बजारसहित काठमाडौका विभिन्न जलायहरुमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ भई सत्तमिकादिन बिहानको उदाउँदो सुर्यलाई जल चडाएर व्रत समापन गरिन्छ ।

  तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भिडभाड छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । अहिले छठ पर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ, सजावट र व्यवस्थापनका काम पनि धमाधम भइरहेका छन् । 

पहिले तराई मुलका मिथिला संस्कृति अन्तरगत मनाइने यस पर्व अहिले आएर सबै मुलका जातजातिले सव्य र भव्य तवरबाट  मनाउने गरेका छन । आइतबार छठको मुख्य दिन भएकाले सो अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।