झापाः भदौ १ गतेबाट लागू भएको अपराध संहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी वकिलहरूको राष्ट्रिय भेला हुने भएको छ ।
यही पुस ८ गते काठमाडौँमा हुने भेला नयाँ अपराध संहिताको कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यले गर्न लागिएको बताइएको छ । सो संहिताको कानुनी प्रावधानका कतिपय अस्पष्टता हटाउन भेला आयोजना हुन हुन लागेको बताइएको छ ।
झापाका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तका अनुसार भेलामा २५ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । भेलामा देशभरका ४ सय सरकारी वकिलका साथै ८० सरोकार निकायका पर्यवेक्षक सहभागी हुने भएका छन् ।