इलामः १३ दिन अघिदेखि इलाम सन्दकपुरकी एक जना बालिका बेपत्ता भएकी छिन् ।
राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत सन्दकपुर– जमुनाकी १२ वर्षीया मुना गुरुङ मंसिर २० गतेदेखि परिवारको सम्पर्कमा नआएकी हुन् । २० गते बिहान विद्यालय गएपछि उनी घर नफर्केको बाबु ओमबहादुर गुरुङले बताए ।
बालिका घर नआए पनि आफन्तकोमा गएको आशङ्कामा २ दिनसम्म नखोजे पनि त्यसपछि खोजी शुरु गरेको उनले बताए ।