विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका–७ ठडिया चोकमा आज दिउँसो भएको पिकअप दुर्घटनामा सोही पिकअपका चालक घाइते भएका छन् ।

दिउँसो करिब पौने १ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च ९२० नम्बरको पिकअप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा परी सोही पिकअपका चालक सुन्दरहरैंचा– १० का रविन कार्की घाइते भएका छन् । उनको इटहरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।