बेलबारी/ बेलबारी नगरपालिकाले टोल विकास संस्थामार्फत् विकास निर्माणलाई जोड दिन थालेको छ ।
टोल विकास संस्था मार्फत् नगरका विकास निर्माणमा जोड दिइने बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताए । ‘टोलको विकास गर्न टोल विकास संस्थाहरूको परिचालन गर्न थालेका छौँ’, प्रवक्ता सुवेदीले भने, ‘अहिले नगरवासीहरू पनि आआफ्नो टोलमा संगठित भएर योजना माग गर्न आउन थालेका छन् ।
साना जनप्रतिनिधिको रूपमा हेरिएका टोल विकास संस्थासमेत सक्रिय हुन थालेका छन् । विकास निर्माण मात्रै नभई सामाजिक काममा समेत टोल विकास संस्थाले काम गर्न थालेका छन् । लागु औषध नियन्त्रणदेखि बाटो, पैनी, बजार टोलको सरसफाई गर्ने काममा टोल विकास संस्थाहरू अग्रसर हुन थालेका छन् ।
लागुऔषध नियन्त्रण तथा युवालाई दुव्र्यसनबाट टाढा हटाउने विषयमा सुन्दर टोल विकास समितिले प्रहरीसँग छलफल गरेको छ । ‘आफ्नो टोलको विकास गर्न आफँै जुट्नुपर्ने रहेछ’, सुन्दर टोल विकास संस्थाका अध्यक्ष अर्जुन राईले भने, ‘आफ्नो गाउँ बनाउन हामी आफैँ लागेका छौँ ।’ यसरी जनतालाई अगाडि बढाउने हो भने देशले फड्को मार्न समय नलाग्ने राईले बताए ।
टोल विकास संस्थाका पदाधिकारीलाई नगरपालिकाले सुझाव दिन थालेको छ । उनीहरूलाई व्यावसायिक बनाउनेदेखि विकास निर्माणमा सहभागी गराउन अन्तरक्रिया दिन थालेको नगरपालिकाका सूचना अधिकृत महेन्द्र खड्काले बताए । टोल विकास संस्थाहरूले मासिक बचत गर्न समेत थालेका छन् । टोलमा सानातिना काम टोल विकास संस्थाले नै गर्न थालेका छन् । सहकारीको रूपसमेत टोल विकास संस्थाले लिन थालेका छन् ।