धरानः  नेपाल राष्ट्र बैंकको कर्जा नियन्त्रण र चर्को ब्याजदर बृद्धिविरुद्ध उद्योगी व्यवसायीहरूले आन्दोलन कार्यक्रम तय गरेका छन् । कार्यक्रमअन्तर्गत मङ्गलबार बैङ्कहरुलाई ज्ञापन पत्र बुझाएका छन् भने बुधबार विरोध¥याली गर्ने भएका छन् ।  

सुनसरी उद्योग वाणिज्य सङ्घले धरानका वाणिज्य तथा विकास बैङ्कहरूलाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुको बैङ्कले ब्याजदर नियन्त्रण गर्नु पर्ने मुख्य माग राखेका छन् । साथै लगानी बढाउन पनि माग गरेका छन् ।

 बैङ्कको चर्को ब्याजदर वृद्धि र कारोबारको २० देखि २५ प्रतिशत मात्र लगानी गर्ने नीतिले उद्योगी व्यवसायी समस्यामा पर्दै आएका छन् । चरणबद्ध सङ्घर्ष कार्यक्रमअन्तर्गत पहिलो चरणमा मङ्गलबार बैङ्कहरूलाई  ज्ञापन पत्र बुझाएका हुन् । 

सङ्घका अध्यक्ष श्रेष्ठका अनुसार धरानमा करिब २७ वटा वाणिज्य तथा विकास बैङ्कहरूलाई ज्ञापन पत्र बुझाएको हो । सङ्घको ज्ञापन पत्रमा ‘रुष युक्रेनको युद्धले आपुर्ति श्रृङ्खलाको अवरोधले पेट्रोलियम पदार्थको मुल्य बृद्धि, वित्तिय क्षेत्रमा तरलताको चाप, कर्जा प्रवाह नहुनु र वित्तिय क्षेत्रले गरेको ब्याजदर बृद्धिले व्यवसाय सञ्चालन कठिन बनेको’ उल्लेख छ । साथै डलर हेजिङमा पहिले बैकहरुले १ पैसा प्रतिदिनको महिनाको ३० पैसा लिने गरेकोमा हाल तरलता अभावले १ रुपैयाँ प्रिमियम गर्नाले वस्तुको लागत बढ्नाले व्यवसायीहरु समस्यामा परेको  उल्लेख छ ।

 घरजग्गा तथा सम्पति धितोमा राखि कर्जा दिन थप कडाई गरी पहिला काठमाण्डौंको फेयर मार्केट भ्यालु पहिले ४० प्रतिशत हाल ३० प्रतिशत तथा उपत्यकाबाहिर पहिले ५० प्रतिशत रहेकोमा हाल ४० प्रतिशत गरेकाले व्यवसाय गर्न गाह्रो भएको जनाएको छ । 

314552287_1193172674879680_8855534012467821251_n

व्यवसाय सञ्चालन कठिन हुँदा उद्योग कलकारखानामा आश्रित मजदुरहरुको जीवनयापन समेत सङ्कटमा पुगेको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष श्रेष्ठले उनले भने, ‘सरकारले सहुलियत दिनुपर्नेमा ब्याजदर बृद्धि र कर्जा नियन्त्रणले व्यवसायी विस्थापित हुन लागेकाले बाध्यात्मक रुपमा सङ्घर्षमा उत्रनु परेको हो । ’ 

बुधबार उद्योगी व्यवासयीहरूले बैङ्क तथा वित्तिय संस्थासँग कुनै आर्थिक कारोबार नगर्ने निर्णय गरेको छ । सङ्घले बैङ्क तथा वित्तिय संस्थालाई पनि एक दिन बैङ्किङ कारोबार बन्द गरिदिन आग्रह गरेको छ । उद्योगी व्यवसायीहरुले कार्तिक २३ गते ब्याजदर बृद्धि र राष्ट्र बैङ्को नीतिविरुद्ध विरोध¥याली प्रदर्शन गर्ने जनाएको छ । 

अध्यक्ष श्रेष्ठका अनुसार कार्तिक २५ गते प्रदेशभरका उद्योगी व्यवसायीहरूले बिराटनगर स्थित राष्ट्र बैङ्कको प्रादेशिक कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । कार्तिक २८ गते उद्योग वाणिज्य महासङ्घको आयोजनामा देशभरका उद्योगी व्यवसायीहरूले नेपाल राष्ट्र बैङ्क केन्द्रीय कार्यालयमा र सङ्घीय अर्थमन्त्रालयमा ज्ञापन पत्र ब्ुझाउने कार्यक्रम निर्धारण गरेको छ ।