इटहरीः २०७४ को मंसिर ३ गते उत्तरी मोरङको विराटचोकमा चुनावी सभा थियो । बर्तमान संघिय कानुनमन्त्री भानुभक्त ढकालको चुनावी सभामा तत्कालिन माओवादी केन्द्रका नेता राम कार्की सहित आएका थिए प्रधानमन्त्री केपी सर्मा ओली । सो सभामा प्रधानमन्त्री ओलीले सप्तकोशीमा जलयातायातको कुरा पहिलोपटक गरेका थिए ।

उनले भनेका थिए, ‘सप्तकोशीमा जलयातायातको प्रबन्ध गरेपछि एक घन्टामा चतराबाट दोलालघाट एक घन्टामा ताप्लेजुङ ।’
प्रधानमन्त्री बन्नु अगाडि सुनसरीको चतरा देखी सिन्धुपाल्चोकको दोलालघाट सम्म अनि ताप्लेजुङको दोभान सम्म जलयातायात हुने बताएका प्रधानमन्त्री ओलीको बक्तव्यपछि जलयातायातमा व्यवशायिहरु उत्साहित बने । र, २०७४ चैतबाट त जलयातायात नै सुरु भयो । सुनसरीको चतराबाट १५ किलोमिटर लामो क्षेत्र भोजपुर, उदयपुर र धनकुटाको संगम सिम्ले सम्म जलयात्रा सुरु भयो । बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालीले ३० सिटे जेटबोटबाट हाल सेवा दिइरहेको छ ।

jet boat in saptakoshi river pradeshportal.com

हाल नेपाल रिभर ट्रान्सपोर्ट प्रालीले पनि बराहक्षेत्र जलयातायातसँगै ३० सिटे जेटबोटबाट दैनिक सेवा दिइरहेको छ । अब चाँडै बराहक्षेत्र मरिन एण्ड रिसोर्ट प्रालीले पनि नयाँ बोट संचालन गर्दैछ । उक्त रिसोर्टले संचालनमा ल्याएको बोट भने छानो सहितको २५ सिट क्षमताको बोट संचालनमा ल्याएको छ ।

यो सँगै अब प्रदेश १ को एक्लो व्यवशायिक जलयातायात मा तीन कम्पनीका तीन मिनि पानि जहाजहरु संचालनमा भएका छन ।

jet boat passanger pradeshportal.com

जलमार्गले स्थानियसँगै मुख्यमन्त्री पनि लाभान्वित
प्रदेश १ मा तीन कम्पनीका मिनि पानिजहाज भनिने जेटबोटहरु संचालनले धेरै सहज भएको छ । सुनसरीको चतरा देखी भोजपुर पुग्न सडकबाट ७ घन्टा लाग्ने दुरि २० मिनेटमा छोटिएको छ । भोजपुर मात्रै हैन धनकुटाको पश्चिम दक्षिण क्षेत्रका स्थानियलाइ पनि उत्तिकै सहज बनेको छ । सडकबाट धरान, भेडेटार, मुलघाट हुँदै पुगिने सहिदभूमि गाँउपालीकाका स्थानियहरुलाइ अब सप्तकोशी हुँदै जलयात्राबाट यात्रा गर्न सहज भएको छ ।

cm rai in jet boat saptakoshi river pradeshportal

जलयातायातले सहज स्थानियलाइ मात्रै भएको छैन । मुख्यमन्त्री राई स्वयंलाइ पनि भएको छ । मुख्यमन्त्री राईले हालासालै दक्षिणि भोजपुरको हतुवागणि गाँउपालीका–९ को हसनपुरमा एक कार्यक्रममा जाँदा जेटबोटबाटै यात्रा गरे । श्री जनसेवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सब समारोहमा पुष १ गते जाँदा मुख्यमन्त्री जेटबोटबाटै गए ।

आफ्नो गृहजिल्लामा मुख्यमन्त्री भएपछि पहिलोपटक जलयातायातबाट पुगेपछि मुख्यमन्त्री उत्साहित देखिए । ‘जलयात्राले गर्दा दक्षिणि भोजपुरबाट सदरमुकाम भोजपुर बजार भन्दा नजिक बनायो प्रदेश १ को अस्थायी राजधानी विराटनगर’, मुख्यमन्त्रीले भने, ‘हतुवागढिबाट भोजपुर बजार पुग्न ४ घन्टा बढि लाग्छ तर विराटनगर पुग्न जलयात्राले गर्दा २ घन्टा भन्दा छिटो पुग्न सकिन्छ ।’

cm sherdhan rai in jet boat pradeshportal.com

प्रधानमन्त्रीको सपना र स्थानियको सुविधा पुरा गर्न लामो दुरिको जलयात्रा बनाइनेछः मुख्यमन्त्री
आफ्नो गृहजिल्लामा विराटनगरबाट आउजाउ गरेर काठमाण्डौ जान सजिलो भएको भन्दै मुख्यमन्त्रीले यो सेवा सबै नदि किनारमा पुर्याउन आफू इच्छुक भएको बताए । उनले भने, ‘हालको छोटो दुरिको जल यातायात अब संखुवासभाको तुम्लीङटार, ताप्लेजुङको दोभान र काठमाण्डौ नजिकैको दोलालघाट सम्म लान हामी सक्रिय हुनेछौँ ।’

सप्तकोशी नदिका सहायक नदिहरु अरुण, सुनकोशी र तमोरमा केहि पुर्वाधार बनाएपछि सहजै जलयात्रा हुने हुनाले आफु उत्साहित भएको मुख्यमन्त्री राई बताउँछन । ‘मैले प्राविधिकहरु र सप्तकोशीको जलयातायात संचालकहरुसँग बुझ्दा २ देखी ४ फिट गहिरो पानी भएको अवस्थामा सहजै २०–२५ सिटे जेटबोट संचालन हुने रैछन’, मुख्यमन्त्री राई भन्छन, ‘नदिका केहि ढुंगा र ढिस्काहरु हटाएमा सहजै दोलालघाट र तुम्लीङटार सम्म जलयातायात चल्ने मलाइ जानकारहरुले बताएका छन ।’

प्रधानमन्त्रीको सपना र जलयातायातले स्थानियलाइ पुग्ने फाइदा दुवै कारणले जलयातायातको विस्त्रित परियोजना प्रतिवेतदन बनाउन प्रदेश सरकार लाग्ने मुख्यमन्त्री राईले बताए । उनले भने, ‘सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीको सपना र स्थानियहरुको चाहाना अनुसार जलयातायातमा प्रदेश १ सरकारले काम गर्नेछ ।’

चतराबाट, संखुवासभाको तुम्लीङटार अनि ताप्लेजुङ सम्म जलयातायातको लागी प्रदेश १ आफैले र दोलालघाट सम्मको लागी प्रदेश ३ सरकारसँग छलफल गरिने मुख्यमन्त्री राई बताउँछन । उनी भन्छन, ‘जल यातायात संचालन भएमा कोश नदिका सहायक नदिका तटिय क्षेत्रका स्थानियहरुलाइ धेरै सुविधा पुग्ने र पर्यटकिय चहलपहल पनि बढ्ने देखिन्छ ।’

आधा सताब्दी अघिनै भएको थियो चतरा–दोलालघाट जलयात्राको सफल परिक्षण


धेरैलाइ अप्रत्यारिलो लाग्ला तर सगरमाथाका प्रथम आरोहि एडमन्ड हिलारीले नै पहिलोपटक चतराबाट दोलालघाट सम्म जलयात्रा गरेका थिए । सगरमाथा आरोहणको पन्ध्र वर्षपछि सन १९६८ हिलारीले आफ्ना साथी जोन ह्यामिल्टनसँगै जेट बोट यात्रा गरेका थिए । यसको भिडियो प्रमाण खोज्न युट्युबमा आइडिइ नेपाल जेट बोट्स खोज्दा भेटिन्छ । आइडि भिन्टेज नामक एक क्यानाडेली संस्थाले बनाएको उक्त भिडियोले जेट बोट चलेको एक इतिहाँस छ ।

त्यो बेला चतरा देखी १७५ किलोमिटरको दोलालघाट सम्म यात्रा गरेका थिए हिलारीहरुले । अहिले केवल १५ किलोमिटर मात्रै यात्रा हुन्छ । तर, बाटोका ढिस्का र ठुला ढुङ्गाहरू हटाउँने हो भने दोलालघाट, तुम्लिङटार र ताप्लेजुङको दोभान सम्म सहजै जेट बोट यात्रा हुन सक्ने जेट बोट संचालकहरु बताउँछन । तीन फिट गहिरो पानी र थोरैमा १५ फिट चौडाइ भएको खोलामा सहजै जेट बोटमा जल यात्रा हुने बराहक्षेत्र जल यात्रा तथा पर्यटन प्रालिका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठ बताउँछन ।

saptakoshi river pradeshportal
विमलमान श्रेष्ठको कुरामा सहयोग गर्न मुख्यमन्त्री शेरधन राई सकरात्मक छन । उनी भन्छन, ‘संघिय सरकारसँगको समन्वय र सहकार्यमा हामी लामो दुरिको जलयात्राको लागी डिपिआर बनाएर अगाडि बढ्ने होमवर्कमा छौँ ।’