धनकुटाः नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यसमितिको यस पटकको नियमित बैठक धनकुटास्थित नगरपालिकाको फोहोरमैला व्यवस्थापनस्थलमा हुने भएको छ ।

सो बैठक आगामी पुस ६ र ७ गते बस्ने भएको छ । बैठक उद्घाटन समारोह धनकुटा नगरपालिकाको फोहोरमैला व्यवस्थापन केन्द्रमा सञ्चालन भए पनि छलफल भने सुरभी होटलको सभाहलमा सञ्चालन हुने शाखा उपाध्यक्ष नगेन्द्र राईले जानकारी दिए ।

महासङ्घको केन्द्रीय समितको बैठकलाई सफल पार्न धनकुटा शाखाले तयारी तीव्र पारेको शाखाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । शाखाका सल्लाहकारसहित बसेको कार्यसमितिको बैठकले विभिन्न उपसमिति गठन गरेको छ ।