विराटनगरः प्रदेश १ को अस्थायी राजधानी विराटनगर आएका भारतीय राजदूत मञ्जितसिंह पुरीले प्रदेश १ नेपाल– भारतको सबैभन्दा ठूलो व्यपारिक हब भएको बताए ।
प्रदेश १ नै भारतका बिहार, पश्चिम बङ्गाल र सिक्किमसँग जोडिएको बताउँदै पुरीले रेल र जलमार्ग बनेपछि झनै राम्रो व्यापार हुने बताए । जोगबनी र पानीट्याङ्कीजस्ता महत्वपूर्ण सीमा भएको र सप्तकोशीमा जलमार्ग बन्ने कुरा भएकाले प्रदेश १ को राम्रो सम्भावना भएको राजदूत पुरीले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा भएको नेपाल– भारत सीमापार गोष्ठीमा आएका राजदूत पुरीले नीतिगत विषय सङ्घीय सरकारसँग र स्थानीय र प्रादेशिक विषय प्रदेश सरकारसँग छलफल गर्ने बताए ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेपाल तथा भारतको सीमापार प्रहरी, भन्सार अधिकारी र व्यापारीहरूको उपस्थिति रहेकोे थियो ।