इलामः पुस २० गते इलाममा हुने लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली अभिनन्दित हुने भएका छन् ।

इलाम नगरपालिकाले ओलीलाई सम्मान गर्न लागेको हो । राष्ट्र निर्माणमा र इलामको विकासमा ओलीले पु¥याएको योगदानको कदर गर्दै अभिनन्दन गर्न लागिएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले बताए । सो अवसरमा पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, इलामबाट प्रतिनिधित्व गरेका सांसद तथा उद्योगीकोसमेत उपस्थिति रहने जनाइएको छ ।

जिल्लामा लगानीका सम्भावना भए पनि परिचालन नहुँदा लगानीयोग्य क्षेत्र खेर गइरहेको भन्दै नगरले ५ वटा शीर्षकमा लगानी गर्न आह्वान गर्दै लगानी सम्मेलन गर्ने भएको हो । सम्मेलनमा कृषि, दूध, जडीबुटी, पर्यटन र चिया क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आह्वान गरिने नगर प्रमुख महेश बस्नेतले बताए । सम्मेलनमा देशका १ सय भन्दा बढी लगानीकर्ता भित्र्याइने बताइएको छ । बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ ।