विराटनगरः नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले विराटनगरको राष्ट्रिय सम्मेलनले रणनीतिक योजना तय गर्ने जानकारी दिएका छन् ।

विराटनगरमा आज शुरु भएको राष्ट्रिय सम्मेलनमा बोल्दै आचार्यले पत्रकारिताको जिम्मेवारीलाई अझै गहनताका साथ लिएर जान महासङ्घ कटिबद्ध भएको र सोहीअनुसार नीतिगत सुधार गरिने बताए ।

प्रेस स्वतन्त्रतासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यतालाई हामीले कसरी आत्मसात गर्ने र हामी कुन अवस्थामा छौं भन्नेबारे विज्ञको सुझावसहितको विचारलाई अवलम्वन गरिन आचार्यको भनाइ छ ।

विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा सहभागी हुन देशभरबाट करिब २ सय पत्रकार आएका छन् ।