विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुलुक जोगाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् । आजदेखि विराटनगरमा शुरु भएको नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राईले मुलुकमाथिको विभिन्न क्षेत्रबाट हुने प्रहारलाई रोक्न पनि सञ्चार क्षेत्रले उल्लेख्य रूपमा काम गर्नुपर्ने बताएका हुन् ।
पूर्व सञ्चारमन्त्री समेत रहेका राईले मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धि गुम्न नदिने र राष्ट्रिय तथा अन्र्राष्ट्रिय शक्तिको प्रहारबाट बचाउन पत्रकारको हातमा जिम्मेवारी गरिरहेको तर्क गरेका हुन् । उनले देश विकास र समृद्धिको यात्रामा रहेको भन्दै यसमा सँगै हातेमालो गरेर अघि बढ्न आग्रह गरेका हुन् ।
सिङ्गो सञ्चार जगतलाई मुलुक निर्माणको अभियानमा एक ढिक्का भएर लाग्न आग्रह गरेका छन् । उनले देश बनाउने र युग परिवर्तन गर्ने महाअभियानमा जुट्नुपर्ने भएकाले निदाएर बस्ने सुविधा सङ्घीय, प्रदेश र स्थानीय सरकार कसैलाई पनि नभएको बताए ।
राईले अन्य प्रदेश सरकारलाई अप्रत्यक्ष रूपमा दबाब सिर्जना गर्ने हिसाबको काम प्रदेश १ सरकारले गरेर देखाउने प्रतिबद्धता जनाए ।उनले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा सहयोग पु¥याउँदा त्यसले सञ्चार जगतलाई पनि राम्रो प्रतिफल दिने बताए ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सञ्चार क्षेत्रले आलोचना गर्नै नपर्ने गरी अहिलेको सरकारले काम गरेर देखाउने दाबी गरे ।