बेलबारीः आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीले बिहीबार ट्राफिक पोष्ट बेलबारीको भवनको शिलान्यास गरेका छन् ।

भवन शिलान्यास गर्दै मन्त्री कार्कीले भवन निर्र्माणका लागि आर्थिक सहयोग चाहिए प्रदेश सरकार त्यसको लागि तयार भएको बताए ।

‘बेलबारी नगरपालिकाले गत वर्ष ४ लाख र यस वर्ष १० लाख बजेट छुट्याएको रहेछ’, कार्कीले भने, ‘तपाईंहरूले सहयोग जुटाएर पहिलो तला बन्छ । बनिसकेन भने नगरपालिकासँग सहकार्य गरेर आउनुहोस् ।’ अढाइ तलासम्मको भवन बनाउन खर्च अभाव हुन प्रदेश सरकारले नदिने उनले बताए ।

आगामी बजेटमा ट्राफिक भवनका लागि बजेट छुट्याउने उनले बताए । यस वर्ष पनि कतै फ्रिज हुने बजेट दिन सकिने उनले बताए । बढ्दो दुर्घटना न्यूनीकरण गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको उनको भनाइ थियो । चैतसम्ममा सो भवन बनाइसक्ने योजना रहेको निर्माण समितिका अध्यक्ष प्रतापकुमार थापाले बताए । trafic post sianyas belbari  (1)