इटहरीः उदयपुरका एक ७० वर्षीय वृद्ध करणीको आरोपमा पक्राउ परेका छन् । २० वर्र्षीया एक युवतीलाई करणी गरेको आरोपमा उदयपुरको त्रियुगा–७ को गुन्टे भन्ने स्थानबाट भट्टु दनुवार पक्राउ परेका छन् ।
बुधबार बिहान पक्राउ परेका दनुवारले शारीरिक अपाङ्गता भएकी युवतीलाई करणी गरेको उजुरी युवतीकी आमाले दिएकी थिइन् । उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयको सूचना समन्वय शाखाका अशोक आचार्यले बताए ।
पक्राउ गरिएका दनुवारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने उदयपुर प्रहरीलाई उद्धृत गर्दै आचार्यले बताए ।