इटहरी/ सानिमा बचत तथा ऋण सहकारी संस्था इटहरीले सोमबार सातौ वार्षिकोत्सव मनाएको छ । प्रदेश सभामुख प्रदीप भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो ।
७० वर्ष भन्दा माथिका ज्येष्ठ सेयर सदस्यलाई सम्मान गरिएको र बढी उमेरका ४ जना ज्येष्ठ सदस्यलाई विशेष सम्मान गरिएको संस्थाका अध्यक्ष जितेन्द्र बस्नेतले बताए । त्यस्तै, नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको बस्नेतले जनाए ।
ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीलाई ८ वटा सडक डिभाइडर पनि सो अवसरमा प्रदान गरिएको संस्थाले जनाएको छ । अध्यक्ष बस्नेतका अनुसार ५ सय ६० जना सेयर सदस्यको २ करोड ५० लाख रुपैयाँ सेयर पूँजी रहेको संस्थाको वार्षिक कारोबार भने साढे ११ करोडको रहेको छ ।
संस्थाका अध्यक्ष जितेन्द्र बस्नेतको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा प्रदेश सांसद लिलम बस्नेत विशेष अतिथि रहेका थिए । कार्यक्रममा सेयर सदस्यका साथै जनप्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।