प्रकाश बन्जारा 

इटहरीः  रामधुनी नगरपालिका वडा नम्बर ५ मा रहेको सामुदायिक विद्यालय रामधुनी आदर्श विद्यालयमा शुक्रबार भएको अभिभावक भेलाले ४ जनाको विद्यालय व्यावस्थापन समिति र ७ जनाको अभिभावक संघ चयन गरेको छ । 

रामधुनी नगरपालिकाका शिक्षा अधिकृत राजन गेलालको सभापतित्वमा सम्पन्न भएको भेलाले अभिभावकहरु मध्येबाट रामकरण खर्गा, मोहन पराजुली, ममता चौधरी र सीता कट्वाल गरी ४ जना विद्यालय व्यावस्थापन समितीका सदस्य सर्वसम्मत चयन गरेको छ । ९ जनाको विद्यालय व्यावस्थापन समिति बन्नु पर्नेमा अव शिक्षकहरु मध्येबाट निर्णय गरी १ जना, वडा कार्यलयका जनप्रतिनिधि मध्येबाट एक जना, र २ जना मनोनित सदस्य र विद्यालयकी प्रअ सदस्य सचिव रहनेगरी ९ जना हुनेछन् ।  

317249890_3306343922940665_1418202783577891071_n

विद्यालयमा शुक्रबारै बसेको भेलाले ७ जनाको अभिभावक संघ समेत गठन गरेको छ । विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाको अभिभावकहरु मध्येबाटै ७ जनाको अभिभावक संघ गठन गरिएको हो । अभिभावक संघमा नेत्रप्रसाद काफ्ले, लेखराज खतिवडा, बिमला बोहोरा, गोमा पौडेल आचार्य, शान्ता चौलागाई,कमला थापा र मंगला राई रहेका छन् । 

विद्यालय व्यावस्थापन समिति र अभिभावक संघ दुवैमा सर्वसम्मत भएका सबै सदस्यहरुलाई रामधुनी नगरपालिका वडा नम्बर ५ की कार्यवहाक वडा अध्यक्ष सिता ढुगेल फुयाल सहित नगर शिक्षा अधिकृत राजन गेलाल निवर्तमान वडा अध्यक्ष डेगराज फुयाल, वडा सदस्यहरु मनोदेवि सरदार, सौजन तामाङ्ग लगायतले माला र अविर लगाएर बद्याई दिएका थिए । 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालय व्यावस्थापन समितिका निवर्तमान अध्यक्ष काली प्रसाद सापकोटाले रामधुनी आदर्श विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरु कुनै नीजि बोर्डिङ्गमा अध्ययन गरेभन्दा कम नहुने बताए । 

वडामा भएको एकमात्र सामुदायिक विद्यालय भएकाले पनि अभिभावकहरुले अपनत्व लिएर आगामी दिनमा साथ दिँदै गए शिक्षाको गुणस्तरमा वृद्धि गर्न सकिने भनाई सापकोटाको थियो । आफ्नो तीन बर्षे विव्यासको अध्यक्षको कार्यकाल सकाएका सापकोटाले निवर्तमान वडा अध्यक्ष डेगराज फुयालले विद्यालयको निर्माण गर्न देखि लिएर यहाँ सम्म ल्याउन खेलेको भुमिकाको प्रशंसा गरेका थिए । 

317207372_5848062375260542_2498478154091337796_n

कक्षा ३ सम्म संचालन भइरहेको रामधुनी आदर्श विद्यालयलाई रामधुनीमै नमुना विद्यालयको रुपमा विकास गर्न सकिने तर त्यसका लागि स्थानीय जनप्रतिनिधिहरुले अपनत्व लिनुपर्ने सापकोटाले बताए । आगामी बर्ष कक्षा ४ संचालन गर्नुपर्ने विद्यालयमा पर्याप्त शिक्षक नभएको र एक जनाको दरवन्दि कसैगरी बैसाखसम्म व्यावस्था गरिदिन नगरशिक्षा अधिकृतलार्य सापकोटाको आग्रह थियो । 

कार्यक्रममा बोल्दै नगरशिक्षा अधिकृत राजन गेलालले वडा नम्बर ५ ले आफ्नो वडामा रहेको विद्यालयको अपनत्व लिँदै विद्यालयको सुधार र व्यावस्थापनमा ध्यान दिन आग्रह गरे । उनले रामधुनी आदर्श विद्यालयका शिक्षकलाई तलव ख्वाउन समेत नपुग्ने बजेट नगरसभाबाट छुट्टाइएको भन्दै पुसमा हुने नगरसभामा अर्को शिर्षकमा रहेको बजेटलाई रकमान्तर गर्न समेत वडाले पहल गर्नुपर्ने धारणा राखेका थिए । 

विद्यालयकी प्रद्यानाध्यापक विन्दु लिम्बु ले संचालन गरेको कार्यक्रममा निवर्तमान वडा अध्यक्ष डेगराज फुयाल, कार्यवहाक वडाअध्यक्ष सिता ढुगेल फुयालले मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय समाजसेवीहरु फडिन्द्र दाहाल, विजय चौलागाई, चन्द्राकान्त चापागाई, गुणराज काफ्ले लगायतको उपस्थिती रहेको थियो । 

317087516_2541321716033512_1024853039265512336_n