इटहरीः  ३१ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर झुम्का जेसिसले रामधुनी ३ सिंगियामा अपांग विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । 

जेसिसले जनता मावि सिंगियाका २० जना अपांग विद्यार्थीहरुलाई जाडोमा न्यानो बनाउने गरी ज्याकेट तथा ट्राउजर वितरण गरेको हो । 

रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यमा भएको एक कार्यक्रमका बिच झुम्का जेसिसले आफ्नो सामाजिक कार्य अन्तर्गत अपांग विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको कार्यकारिणि उपाध्यक्ष गोविन्द आचार्यले बताए । 

317861720_541177854691087_6167995125998422393_n

जनता मावि सिंगियाका प्रधानाध्यापक, स्रोत केन्द्रका पदाधिकारी , झुम्का जेसिसका पदाधिकारी तथा पुर्व अध्यक्षहरुको समेत उपस्थितीमा वढा नम्बर ३ का वडा अध्यक्ष बुधनारायण चौधरी लगायतले न्यानो कपडा हस्तान्तरण गरेका थिए । 

सबै अपाङ्ग विद्यार्थीहरुलाई फरक फरक प्रकारको ज्याकेट तथा सुरुवाल साथै खेल सामाग्रि समेत उपलव्ध गराईएको झुम्का जेसिसका बर्ष २०२२ का अध्यक्ष द्धारिका घिमिरे सुवोधले बताए । 

मिलन चौनियारको संयोकत्वमा भएको कार्यक्रमको अध्यक्षता अध्यक्ष घिमिरेले गरेका थिए ।