प्रकाश बन्जारा 

इटहरीः बालबालिकालाई विद्यालयमा पढाईसँगै बाहिरि गतिविधिसँग पनि परिचित गराउँन रामधुनी नगरका नीजि विद्यालयहरुले कराँतेका कक्षाहरुलाई पनि साथै लैजाने गरेका छन् । 

तीन बर्ष अघि देखि रामधुनीका विद्यालयहरुमा एक्ट्रा एक्टिभिटि अन्तर्गत कराँतेका कक्षाहरु सञ्चालन गर्न थालेको र अहिले सम्म १३ जनाले ब्लाक बेल्ट हासिल गरीसकेको रामधुनी नगर सितो रियो कराँते कार्यसमितिका संयोजक दिपेन्द्र विष्ट बताउँछन् । 

रामधुनी नगरपालिका भित्रमा दशवटा विद्यालयहरुका २ सय पचास जना विद्यार्थीहरुलाई शनिवार एकै दिन बिभिन्न बेल्टको परिक्षण गर्दै नयाँ बेल्ट हस्तान्तरण गरिएको छ । 

रामधुनी ३ पिप्राह  फिल्डमा आयोजना गरिएको भव्य कार्यक्रमका विच प्रमुख अतिथी रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले कराँते प्रशिक्षकहरुलाई पहेँलो, खैरो र रातो बेल्ट हस्तान्तरण गरिन । बिभिन्न मितिमा शुरु गरिएका एक लेभलको कक्षा र परिक्षण दुवै सकाएका खेलाडी विद्यार्थीहरुलाई अर्को तहको बेल्ट प्रदान गरिएको हो । 

रामधुनी नगरभित्रका ९ वटै वडामा निजी विद्यालयहरुमा अहिले कराँतेका कक्षाहरु संचालन भइरहेको सितो रियो कराँते रामधुनी कार्यसमितिका संयोजक विष्टले बताए । नीजि मात्रै नभई सामुदायिक विद्यालयहरुका विद्यार्थीलाई पनि समेटेर कसरी तालिम प्रदान गर्न सकिन्छ भन्ने हिसावले ९ वटै वडाका अध्यक्षहरुलाई कार्यक्रममा निमन्त्रण गरिएको भएता पनि वडाअध्यक्षहरुको उपस्थिती न्युन रहेको आयोजकले बताए । 

317035505_1794355644280285_5554952460223597868_n

कराँतेका खेल सामाग्रिहरु अन्य भन्दा केहि खर्चिलो र महंगो भएता पनि अहिले आएर अभिभावकहरुले पनि सपोर्ट गर्न थालेको संयोजक विष्टको भनाई थियो । रामधुनी जस्तो सानो पालिकामा दश वटा विद्यालयमा मात्रै सिकाइने भएता पनि २५० जना विद्यार्थीले खेलमा सहभागि गराउन सक्नु राम्रो भएको उनले बताए । 

त्यसो त समय समयमा खेलाडीलाई थप उर्जा थप्नको लागि प्रतियोगिताहरु समेत आयोजना गर्ने गरेको छ । रामधुनीको झुम्कामा अहिले कराँते सिकाउनको लागि एउटा डोजो सन्चालनमा रहेका र केहि सामुदायिक विद्यालयका विद्यार्थीलाई पनि समेट्ने उदेश्यले इचोलमा एउटा डोजो सन्चालन गर्न लागिएको रामधुनी नगर सितो रियोले जनाएको छ । 

श्निवार आयोजना गरिएको रामधुनी नगर स्तरिय कराँते दिक्षान्त कार्यक्रममा सहभागि खेलाडीहरुले बिभिन्न काँता देखाउनको साथै आफुले सिकेको बिभिन्न रक्षात्मक सिपहरु अतिथी र अभिभावकलाई देखाउन भ्याए । 

औपचारिक कार्यक्रममा प्यावसनका प्रदेश सदस्य उमेश थापा, सुनसरी जिल्ला प्यावसनका सह सचिव गोपाल निरौला, जिल्ला सदस्य केपी कोइराला, रामधुनी नगर प्यावसनका अध्यक्ष तथा माउण्ट समिट वल्ड स्कुलका डाइरेक्टर अच्युत ढकाल, तथा रामधुनी प्यावसनका सचिव हरि रायमाझि, राखेपाका सहायक प्रशिक्षक हरी राउत, अल्पाइन स्कुलका भाइस प्रिन्सिपल दिनेश चौधरी, नवकिरण इङ्गिलस स्कुलका प्रिन्सिपल इश्वर पौडेल, कराँते प्रशिक्षक सुमित बुढाथोकि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम झुम्का जेसिसका उपाध्यक्ष अनिस उप्रेतीले सन्चालन गरेका थिए । 

317312723_862504178502810_784018215453253772_n