इटहरीः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको प्रदेश नम्बर १ को अध्यक्षमा सञ्जीव सत्याल चयन भएका छन् ।

बिहीबार इटहरीमा भएको महासङ्घको अधिवेशनले सत्याललाई अध्यक्षमा चयन गरेको हो । नवगठित समिति १५ सदस्यीय रहेको छ ।

अधिवेशनबाट सन्तोष सिग्देल वरिष्ठ उपाध्यक्षमा तथा ईश्वरी न्यौपाने द्वितीय उपाध्यक्षमा चयन भएका छन् । अधिवेशनले लक्ष्मण कार्कीलाई सचिवमा, जीवनप्रसाद नेपाललाई सहसचिवमा र गौतम शर्मालाई कोषाध्यक्षमा चयन गरेको छ ।

त्यस्तै, रवि बस्नेत, दुर्गा घिमिरे, नीम सापकोटा, भोगिन्द्रबहादुर कार्की सदस्यमा चयन भएका छन् । लीला निरौला, राम बराल, तेलुराम शर्मा, रुद्र पोखरेल र घनश्याम पोखरेल सदस्य छानिएका छन् ।

stesnary byabasayoi pradesh 1 (1) stesnary byabasayoi pradesh 1 (3)