झापाः हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेचीनगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लागेको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उनलाई देखिएको प्रहरीले जनाएको छ ।

बिहान ९ः२५ मा उनलाई काँकरभिट्टा नाकामा रिक्सामा चढेको अवस्थामा सिसी क्यामेराले रेकर्ड गरेको प्रहरीको भनाइ छ । उनको छेउमा १ जना मानिस पनि भएकाले उनको पहिचान गर्ने काम भइरहेको बताइएको छ ।

४९ वर्षीय भण्डारी आफूले प्रयोग गर्दै आएको मोटरसाइकल र २ वटा मोबाइल फोन घरमै छाडेर सम्पर्कविहीन भएका हुन् । प्रहरीले उनको कल डिटेलको अध्ययन गरिरहेको जनाएको छ ।