इटहरीः इटहरीको जनता बहुमुखी क्याम्पसका अनेरास्ववियुका सचिव सन्तोष तिम्सिनामाथि अज्ञात समुहले गाली गलौज गर्दै कुटपिट गरेपछि जनता बहुमुखी क्याम्पसका विद्यार्थी संगठनले त्यसको विरोध गरेका छन् ।
तरहराको प्याराडाइज बोर्डिङ्ग स्कुलबाट आफ्नो कार्यकक्षबाट फर्किँदै गर्दा सन्तोष माथि सोमबार अज्ञात समुहले इटहरीको तरहरा क्षेत्रमा आक्रमण गरेको र बिभिन्न गाली गलौज गर्दै कुटपिट गरेका थिए ।
सन्तोषले आफुमाथि अज्ञात समुहले आक्रमण गरी कुटपिट समेत गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा किटानी जाहेरी दिएका छन् ।
सोमबार आफु काम सकेर घर फर्किन लाग्दा दिउँसो करिव साढे ३ बजेको समयमा सार्वजनिक स्थल अर्थात हाइवेमै अज्ञात समुहले ‘तँ जनता क्याम्पसको को हो ? नेविसंघलाई गर्ने व्यवहार त्यही हो ’भन्दै लागी लगौज गरेको सन्तोषले बताएका छन् । आफुलाई गाली गलौज गर्ने मध्ये २ जनाको नाम समेत पहिचान भएको सन्तोषको किटानी जाहेरीमा उल्लेख गरिएको छ । जसमा इटहरी २० का रुपेश पुरी र दिनेन दासको नाम उल्लेख गरिएको छ ।
आफुलाई अभद्र व्यावहार गर्ने २ जनालाई आफुले नभई घटना स्थल वरपर बस्नेहरुले पहिचान गरेको सन्तोषले बताए ।
आफुलाई टाउकोमा निल डाम हुने गरी कुटपिट गरेको र ज्यानै मार्ने सम्मको धम्की दिएको किटानी जाहेरीमा दावी गरिएको छ ।
यता जनता बहुमुखी क्याम्पसका छ विद्यार्थी संगठनहरुले जनता क्याम्पसमा लामो समयदेखि भएको बेथितिको विरुद्धमा विद्यार्थी आन्दोलन चर्किएकाले सोही आन्दोलनलाई दवाउन यस्तो घटना घटाइएको बताएको छ ।
आफ्नो कायक्षेत्रबाट फर्किँदै गर्दा क्याम्पसको अनेरास्ववियुका सचिव सन्तोष तिम्सिनामाट ४ जनाको अज्ञान समुहबाट आएको आक्रमणमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताउँदै विद्यार्थी संगठनहरुले दिन दहाडै विद्यार्थीमाथि कुटपिट हुनु कानुनी राज्यमाथिको हमला भएको टिप्पणी गरेका छन् । विद्यार्थी संगठनहरुले सरोकारवालासँग घटनाको सत्य तथ्य छानविन गरी कारवाही गर्न माग गरेका छन् ।
विज्ञप्तीमा नेकपा एमाले निकट अनेरास्ववियुको तर्फबाट उज्वल सिग्देल, माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको तर्फबाट अर्जुन पौडेल, नेकपा एस अनेरास्ववियूको तर्फबाट स्पन्दन प्रद्यान, सामाजवादी विद्यार्थी फोरमको तर्फबाट नवराज किराँती, राप्रपा विद्यार्थी संघको तर्फबाट रमेश बजगाई र नयाँ शक्ति विद्यार्थी युनियनको तर्फबाट बिमल गुरुगले हस्ताक्षर गरेका छन् ।