सोलुखुम्बुः सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर २ रुप्दुमा भालुको आक्रमणमा परी १ जना घाइते भएका छन् ।
भालुको आक्रमणमा परी सोही गाउँपालिकाको वडा नम्बर १ बस्ने ५५ वर्षीय उत्तरमान राई घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । राईलाई बिहीबार साँझ ५ बजे जङ्गलबाट निगालो काटेर फर्कने क्रममा भालुले आक्रमण गरेको थियो ।
आक्रमणमा परी राईको दाहिने हात र घाँटीमा चोट लागेको छ । उनको सोताङ स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारको लागि फाप्लु अस्पताल सल्लेरी पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।