इटहरीः इटहरीको जनता बहुमुखी क्याम्पसका अनेरास्ववियुका विद्यार्थी नेता सन्तोष तिम्सिनालाई आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मंसिर २६ गते दिनको झण्डै साढे ३ बजे इटहरी २० तरहराको मुख्य सडकमा तिम्सिनामाथि अज्ञात समुहले आक्रमण गरी गालीगलौज र कुटपिट गरेको थियो । 

तिम्सिनाले इलाका प्रहरी कार्यलय इटहरीमा दिएको किटानी जाहेरीको आधारमा इटहरी २० तरहराका रुपेश पुरी सहित २ जनाको नाम दिईको भएपनि रुपेश भने पक्राउ परेका छन् । 

 जनता बहुमुखी क्याम्पस कमिटी सचिव सन्तोष तिम्सिनालाई बाटो छेकेर आक्रमण गन रुपेष  इटहरी २० तरहराका बासिन्दा हुन् । घटनामा संलग्न सोही वडाका २० वर्षीय दिपेन दास, घटनाका योजनाकार सहित चार जना फरार रहेका छन् ।

पक्राउ गरेका रुपेशसँगको बयानका क्रममा प्रहरीले मुख्य योजनाकार पत्ता लगाएको  बताएको छ ।  प्रत्यक्ष संलग्न नभए पनि मुख्य योजनाकार इटहरी २० का सुशान्त पुरी रहेको रुपेशले बताएका छन् ।

पीडित पक्षले क्याम्पसको विषयलाइ जोडेर रिसिइबी साँधेर आक्रमण भएको बताएको छ । पीडित तिम्सिनाले आफूमाथि भएको अन्यायबारे सत्य तथ्य पत्ता लगाई कडा कारबाही गर्न प्रहरी समक्ष आग्रह गरेका छन् ।

क्याम्पसमा रहेका छ विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लगायतले दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको हो । बुधवार  प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी सङ्गठनहरूले तत्काल पक्राउ नगरे सडक आन्दोलन गर्ने समेत चेतावनी दिएका थिए । 

जनता क्याम्पसमा  कर्मचारी नियुक्तिमा सेटिङ गरेको भन्दै अनेरास्ववियु लगायत अन्य ६ विद्यार्थी सङ्गठनले क्याम्पसमा आन्दोलन गर्दै आएका छन् । सोही घटनामा विद्यार्थी सङ्गठन बिच एक अर्कामा द्वन्द्ध छ भने क्याम्पसको दैनिक प्रशासन देखि पठनपाठनमा समेत प्रत्यक्ष असर परेको छ ।